नेप्सेको ओरालो यात्रा कायमै, बजार संगै कारोबार रकम पनि घट्यो

२०८० माघ १० गते

नेप्सेको ओरालो यात्रा कायमै, बजार संगै कारोबार रकम पनि घट्यो

काठमाडौँ  शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक १०.२५ अंकले घटेर २०८८.०४ अंकमा बजार बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.४८ प्रतिशतले बढ्न पुगेको हो ।

बजारमा आज कारोबार रकम घटेर जम्मा ३.८९ अर्व बढीको कारोबार भएको छ । जसमा ८० कम्पनी बढेका छन् भने १५३ कम्पनी घटेका छन् । यसैगरी १४ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । शेयर बजार घटे पनि चन्द्रागिरी हिल्स र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयरमा भने दश प्रतिसतको उछाल आएको छ। त्यस्तै आज पनि हिमालयन रिइन्सुरेन्स कम्पनीको शेयरमा सकारात्मक सर्किट आएको छ ।

Advertisement:

Ad
Ad

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्सुरेन्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा अरुण काबेली पावर लिमिटेड रह्यो ।