२०८१ मंसिर १७ गते
काठमाडौँ। साताको दोस्रो कारोबार दिन नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १९.९७ विन्दुले बढेर २७५८.०४ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.७२ प्रतिशतले बढेको हो ।
यस दिन नेप्सेका १३ उपसमूहमध्य ९ उपसमूहका परिसूचक बढेका छन् भने चार उपसमूहको परिसूचक बढेका छन् । सोमबार पनि सर्वाधिक बढ्ने उपसमूहमा व्यापार उपसमूह रह्यो जसको परिसूचक ९.७० प्रतिशतले बढेको छ । त्यस्तै होटल तथा पर्यटन उपसमूह ४.९९ प्रतिशत तथा जीवन बीमा उपसमूह १.९१ प्रतिशतले बढेका छन् । यस दिन सर्वाधिक घट्ने उपसमूहमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक १.९७ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक बढेसँगै सोमबार कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन आठ अर्ब ८३ करोड बराबर शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको एक लाख ३ हजार ४ सय ८१ पटकको कारोबारमा १० अर्ब ५४ करोड बराबरको किनबेच भएको छ । जसमा १२६ कम्पनीका शेयर बढेका छन् भने १११ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी सात कम्पनीका शेयर स्थिर रहेका छन् ।
यस दिन सर्वाधिक बढ्नेमा तारा गाउँ रिजेन्सी होटल, विशाल बजार, खानी खोला हाइड्रोपावर र जोशी हाइड्रोपावर रह्यो जसको शेयर समान दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा नेपाल फाइनान्स रह्यो जसको शेयरमा ८.७२ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा नेपाल फाइनान्स लिमिटेड रह्यो जसको ५९ करोड ४७ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा पनि सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम फण्ड-२ नै रह्यो जसको २५ लाख एक हजार ३५० कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया