२०८२ कात्तिक २० गते
काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्म अर्थात तीन महिनामा १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको प्रतिवेदन सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तिय विवरण अनसार नाफामा केही गिरावट आएको देखिन्छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो त्रैमासमा १४.५७ प्रतिशत कम नाफा गरेको हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी घट्दा र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घटेको हो।
बैंकको खुद ब्याज आम्दानी ५.७७ प्रतिशत घटेको छ भने इम्पेरमेन्ट चार्ज ४५ करोड ७७ लाख रुपैयाँबाट बढेर ६४ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।यसले गर्दा नाफामा केही कमी देखिएको हो ।
बैंकको सिडि रेसियो ७८.१४ प्रतिशत छ भने खराब कर्जा ४.३१ प्रतिशत रहेको छ । गत आवको यसै अवधिमा खराब कर्जा ४.२४ प्रतिशत रहेको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी २५.९७ रुपैयाँ (वार्षिक) रहेको छ ।
प्रतिक्रिया