२०८३ असोज २३ गते
काठमाडौँ । कास्कीको पोखरामा २२ जना विद्यार्थी लिएर स्कुल जाँदै गरेको बस सडकबाट डेढ सय मिटर तल खसेर दुर्घटना भएको छ ।
गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका अनुसार कालिका बोर्डिङ स्कुलका विद्यार्थी लिएर जाँदै गरेको बस कालिका भन्ने स्थानमा केहीबेरअघि दुर्घटनामा परेको हो ।
ग २ ख १४१७ नम्बरको बस दुर्घटनामा परेको हो । बस भीरबाट डेढ सय मिटर जत तल खसेको छ । हाल घटनास्थलमा प्रहरीले उद्दार गरिरहेको छ ।
प्रतिक्रिया