मिथिला लघुवित्तद्वारा लाभांश घोषणा

२०८१ मंसिर २१ गते

मिथिला लघुवित्तद्वारा लाभांश घोषणा

काठमाडौँ।  मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्तको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये १४.२८६ प्रतिशत बोनस शेयर रहनेछ भने बाँकी ०.७१४ प्रतिशत कर प्रयोजको लागि नगद लाभांश रहने छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त दरमा लाभांश वितरण गरिनेछ।

Advertisement:

Ad
Ad