लिबर्टी ईनर्जी कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन गर्दै

२०८१ मंसिर १६ गते

लिबर्टी ईनर्जी कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन गर्दै

काठमाडौँ।  लिबर्टी ईनर्जी कम्पनी लिमिटेडले आज अर्थात् मंसिर १६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले १० कित्ता शेयर बराबर ५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।जस अनुसार कम्पनीले ७५ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

Advertisement:

Ad
Ad

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।