लगातार घटेको सेयर बजारमा फर्कियो रौनक, नेप्से २६ सय विन्दुमा पुग्यो

२०८१ पुस ०८ गते

लगातार घटेको सेयर बजारमा फर्कियो रौनक, नेप्से २६ सय विन्दुमा पुग्यो

काठमाडौ । विगत केही दिनदेखि लगातार जसो घटेको सेयर बजारमा सोमबार (पुष ८) भने हरियाली छाएको छ । सोमबार नेप्से सूचक २८.९१ विन्दुले बढेर २६१२.२० अंकमा अडिएको छ । यस दिन ४ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । सपोर्ट माइक्रोफाइनान्स लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । १० प्रतिशतले बढेको सपोर्टको सेयर मूल्य ४ हजार २६ रुपैया पुँगेको छ । यस्तै सुपरमादी हाइड्रोपावरको सेयर मूल्य पनि १० प्रतिशतले बढेर १ हजार १ सय ५७.७० रुपैयाँ पुगेको छ । बाराही हाइड्रोपावर र बलेफी हाइड्रोपावरको सेयर मूल्य पनि सकारात्मक सर्किट लेभलमा बढेको हो ।

Advertisement:

Ad
Ad