कुमारी बैंकको डीसीईओमा सुधीरनाथ पाण्डे नियुक्त

२०८१ भदौ ०९ गते

कुमारी बैंकको डीसीईओमा सुधीरनाथ पाण्डे नियुक्त

काठमाडौँ । कुमारी बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सुधीरनाथ पाण्डे नियुक्त भएका छन् । कुमारी बैंकको सञ्चालक समितिको बैठकले उनलाई डीसीइओमा नियुक्त गरेको हो ।

बैंकका डीसीईओ रामचन्द्र खनाल प्रमुख कार्यकारी अधिकृत भएसँगै खाली पदमा पाण्डेलाई नियुक्त गरिएको हो ।

Advertisement:

Ad
Ad

उनलाई बुधबारदेखि लागू हुनेगरी डीसीईओ नियुक्त गरिएको हो । पाण्डे ६ महिनाअघि एनआईसी एसिया बैंकको डीसीईओबाट बाहिरिएका थिए ।

बुधबारदेखि कुमारी बैंकको डीसीईओको कार्यभार सम्हालिसकेका पाण्डेसँग साढे तीन दशकभन्दा बढीको बैंकिङ अनुभव रहेको छ ।