२०८१ कात्तिक २८ गते
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै आफूमाथि लागेका आरोपहरुको खण्डन गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै उनले भने -' मैले उद्योगीहरुबाट विद्युत बक्यौता उठाउन खोज्दा लोकप्रियताको लागि जे पनि गर्छ, नाजायज ढंगले रकम उठाउन खोज्यो भन्ने जस्ता आरोप लगाइएका छन्, के यसो भन्नु ठिक हो ?' उनले प्रश्न गरेका छन् ।
घिसिङले आफ्नो राजश्व उठाउने बाहेक राजनीतिक र व्यक्तिगत स्वार्थ नभएको समेत प्रष्टिकरण दिएका छन् । जनतालाई लोडसेडिङको अँध्यारोमा राखेर उक्त समयमा उद्योगीले प्रयोग गरेको रकम बिचलित नभई हर हालतमा उठाएरै छाड्ने घिसिङको जिकिर छ ।
प्रतिक्रिया