कालिका र सपोर्ट लघुवित्तको २६ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले खरीद गर्न पाउने

२०८१ असोज १३ गते

कालिका र सपोर्ट लघुवित्तको २६ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले खरीद गर्न पाउने

काठमाडौं । पछिल्लो समय दुई लघुवित्त कम्पनीहरुले २६ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका छन् । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ हजार ५०० कित्ता र सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन ।

यी शेयर दुबै कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र प्राथमिकतामा राखेर विक्री खुला गरिसकेका छन् । सो अवधिसम्म विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएपछि अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गर्न लागिएको हो । कालिका लघुवित्तले असोज १३ गतेदेखि र सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज ९ गतेदेखि यी शेयर विक्रीमा ल्याएका हुन । कालिका लघुवित्तको शेयर खरीदका लागि आगामी १५ दिनभित्र र सपोर्ट लघुवित्तको शेयर खरीदका लागि कात्तिक १३ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ ।

Advertisement:

Ad
Ad

कालिका लघुवित्तको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय पोखरा, कास्की र सपोर्ट लघुवित्तको शेयर खरीदका लागि कम्पनीको शेयर विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालय टेकु, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।