'जस्तालाई तस्तै' अमेरिकाविरुद्ध चीनको जवाफी घोषणा,चीन आयात हुने कोइला र ग्यासमा १५ प्रतिशत कर लगाउने

२०८१ माघ २२ गते

'जस्तालाई तस्तै' अमेरिकाविरुद्ध चीनको जवाफी घोषणा,चीन आयात हुने कोइला र ग्यासमा १५ प्रतिशत कर लगाउने

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले चीनबाट आयात गरिने सामानहरूमा लगाएको थप शुल्क विरुद्ध बेइजिङ्गले जबाफी कदम चालेको छ।

अमेरिकाबाट चीन आयात हुने कोइला र तरलीकृत प्राकृतिक ग्यासमा १५ प्रतिशत कर लगाउनेसहितका कदम रहेका छन्।चिनियाँ घोषणाअनुसार अमेरिकाबाट आयात हुने कच्चा तेल, कृषि औजार, पिकअप ट्रक र ठूला इन्जिन भएका कारमा चीनले १० प्रतिशत शुल्क लगाउने छ।

Advertisement:

Ad
Ad

चीनबाट अमेरिका आयात गरिने सामानमा नयाँ १० प्रतिशत शुल्क लगाउने डोनल्ड ट्रम्पको घोषणा कार्यान्वयनमा आएको केही घण्टापछि चीनले जबाफी कदम चालेको हो।जबाफी शुल्क घोषणा गरिएको विषयको एउटा वक्तव्यमा चीनले ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय व्यापार नीतिहरू उल्लङ्घन गरेको आरोप लगाएको छ।

'अमेरिकाले एकपक्षीय रूपमा लादेका शुल्कहरूबाट विश्व व्यापार सङ्गठन डब्ल्यूटीओका नीतिहरू गम्भीर रूपमा उल्लङ्घन भएका छन्। उसका समस्याहरूको सम्बोधनका लागि मात्रै त्यो असहयोगी नभई तिनले चीन र अमेरिकाबीच हुने सहज आर्थिक र व्यापार सहकार्यलाई पनि बेवास्ता गरेका छन्,' चीनले भनेको छ।

शुल्कसम्बन्धी चीनको जबाफी घोषणाले बेइजिङ्ग ुजस्तालाई तस्तैु गर्ने पक्षमा रहेको देखाउँछ र त्यो कदमले धेरै पर्यवेक्षकहरूलाई आश्चर्यचकित बनाएको छ।यद्यपि चीनले आयात गरिने सबै अमेरिकी सामानमा शुल्क लगाएको नभई निश्चित उत्पादनहरूमा मात्र लगाएको छ।