बिचौलिया इनमसँगको साँठगाँठ विवादपछि बिदामा बसे सर्वोच्चका न्यायाधीश हरि फुयाल

२०८३ कात्तिक १७ गते

बिचौलिया इनमसँगको साँठगाँठ विवादपछि बिदामा बसे सर्वोच्चका न्यायाधीश हरि फुयाल

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल बिदामा बसेका छन् । तिहार बिदापछि मात्रै अदालतमा फर्किने गरी उनले मंगलबारदेखि शुक्रबारसम्म बिदा लिएका हुन् । शुक्रबारपछि तिहार बिदा शुरु हुन्छ । आगामी साताभर तिहारका कारण सार्वजनिक बिदा छ । ३० कार्तिकमा अदालत हाजिर हुनेगरी उनले बिदा लिएका हुन् ।

 

Advertisement:

Ad

बिचौलिया इनम सापकोटामार्फत उच्चपदस्थ अधिकारीहरुको न्याय प्रभावित पर्ने गरी लेनदेन गर्नुका साथै भेटघाट गरेको आरोपपछि न्यायाधीश फुयालमाथि प्रश्न उठेको थियो । त्यो विवरण सार्वजनिक भएपछि उनले आफूले सापकोटालाई भेटेका कारण विचाराधीन मुद्दा प्रभावित नभएको स्पष्टीकरण दिएका थिए ।