इन्फिनिटी लघुवित्तले विक्रीमा ल्यायो ८५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर

२०८१ साउन २७ गते

इन्फिनिटी लघुवित्तले विक्रीमा ल्यायो ८५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्ती संस्था लिमिटेडले आइतवार ८५ हजार ८८७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३७ हजार ८८७ कित्ता र सर्वसाधारणले खरीद गर्न पाउने गरी ४८ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

सर्वसाधारणमा विक्रीमा आएको ४८ हजार कित्ता शेयर यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला भएको थियो । यस अघि विक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । सर्वसाधारण लगानीकर्ताहरूले आगामी ३५ दिनभित्र यी शेयर खरीदका लागि आवेदन दिन सक्न्ेछन् ।

Advertisement:

Ad
Ad

विद्यमान संस्थापक शेयधरनीहरूका लागि मात्र विक्रीमा आएको शेयर खरीदका लागि भने आगामी ३५ दिनभित्र आवेदन दिन सकिने व्यवस्था छ । दुवै तर्फको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय गैडाकोट, नवलपरासीमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापकबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।