इन्भेष्टमेण्ट मेगा बैंकका सिइओ पाण्डे र प्रभुका शेरचनलाई राष्ट्र बैंकले गर्यो कारबाही

२०८१ कात्तिक ०७ गते

इन्भेष्टमेण्ट मेगा बैंकका सिइओ पाण्डे र प्रभुका शेरचनलाई राष्ट्र बैंकले गर्यो कारबाही

काठमाडौ । नेपाल राष्ट्र बैंकको निर्देशन पालना नगरेको भन्दे नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडका सिइओ सहित सञ्चालकलाई राष्ट्र बैंकले कारबाही गरेको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे छन भने प्रभुमा सिइओ अशोक शेरचन छन् । राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागले यी बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई कारवाहीको रुपमा सचेत गराएको छ ।

3बैंक सुपरिवेक्षण विभागका अनुसार नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आर्थिक वर्ष २०८१ /८२ (प्रथम त्रैमास) मा का बैंक खाता खोल्दा, संचालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको नदेखिएकोले सचेत गरेको जनाएको छ । बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई केन्द्रिय बैंकले सचेत गराएको हो । प्रभु बैंक पनि लकर रोक्का राख्न राष्ट्र बैंकबाट दिईएको निर्देशन पालना नगरेकाले कारबाहीमा परेको । बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरेको हो । उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

Advertisement:

Ad
Ad