२०८१ कात्तिक २९ गते
काठमाडौँ। हिमालयन पावर पार्टनरले ५० प्रतिशतको दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको २ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको हो ।
कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । बैठकले सहबित्तिकरण बैंकहरुको ऋण भुक्तानीको प्रयोजनार्थ सो अनुपातमा शेयर निष्कासन गर्ने निर्णय गरेको हो।
विद्युत नियमन आयोगको सहमति लिए पश्चात कम्पनीले सो दरमा हकप्रद शेयर निष्काशन गर्न सक्नेछ।
प्रतिक्रिया