२०८३ जेठ २६ गते
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर ३ लाख १ हजार ९०० सय रुपैयाँमा कारोबार भएको छ ।
सोमबार सुनको मूल्य तोलामा दुई लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य चार हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया