सुनको मूल्य एकै दिन ८ हजार २ सय रुपैयाँले घट्यो

२०८३ जेठ २४ गते

सुनको मूल्य एकै दिन ८ हजार २ सय रुपैयाँले घट्यो

काठमाडौं ।  नेपाली बजारमा आज ९आइतबार० सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको प्रतितोला ८ हजार २ सयले घटेर ३ लाख ८०० रुपैयामा कारोबार भएको छ । शुक्रबार सुनको मूल्य ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । 


यस्तै, आज चाँदीको मूल्य पनि आज ३३५ घटेको छ । आज चाँदीको मूल्य ४ हजार ८९५ रुपैयामा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य ५ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।  

Advertisement:

Ad
Ad