२०८१ कात्तिक ०७ गते
काठमाडौ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नाफा बढाएको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकको अपरिष्कृत वित्तिय विवरण अनुसार तीन महिनामा १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो भनेको गत वर्षको यसैअवधिको तुलनामा २३.३६ प्रतिशतले बढी हो । तर लगातारजसो घटिरहेको ब्याजदरले बैंकको खुद ब्याज आम्दानीमा धक्का लागेको छ । यो अवधिमा बैंकको ब्याज आम्दानी १४.२२ प्रतिशतले घटेर ४ अर्ब ११ करोडमा झरेको छ ।
बैंकको खुद ब्याज आम्दानी घटेपनि इम्पेयरमेन्ट चार्ज घट्दा र सञ्चालन नाफाका कारण बैंकको खुद नाफा बढ्न पुगेको छ । बैंकको सञ्चालन नाफा १९.४० प्रतिशतले बढेको छ । ग्लोबल आइएमईको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ रहेको छ । हाल यसको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रहेको छ भने रिजर्भ कोषमा २४ अर्ब ८९ करोड रुपैयाँ छ ।
तर बैंकको खराब कर्जा भने ४.३८ प्रतिशत रहेकोमा बढेर ४.६७ प्रतिशत भएको छ । बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ०३ पैसाले बढेर १६ रुपैयाँ ७४ पैसा कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७१ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा रहेको छ । बैंकको लागत भने घटेर ५.५० प्रतिशतमा झरेको छ । गत वर्षको यसै अवधिमा बैंकको लागत (कस्ट अफ फण्ड) ८.१७ प्रतिशत थियो ।
प्रतिक्रिया