ग्लोबल आइएमई बैंकले पायो ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४

२०८१ कात्तिक १० गते

ग्लोबल आइएमई बैंकले पायो ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४

काठमाडौ । ग्लोबल आइएमई बैंकले ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ प्राप्त गरेको छ । बैंकले यसलाई अर्को महत्वपूर्ण सफलता भनेको छ । बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, तथा ग्राहक केन्द्रित सेवाहरुको निरन्तर विकासले बेष्ट बैंक अवार्ड २०२४ प्राप्त गर्न सफल भएको बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक पनि होे । ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन् ।

ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना समस्त ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

Advertisement:

Ad
Ad