गरिमा विकास बैंकको संस्थापक सेयर सर्वसाधारणले किन्न पाउने

२०८१ मंसिर १६ गते

गरिमा विकास बैंकको संस्थापक सेयर सर्वसाधारणले किन्न पाउने

काठमाडौ । गरिमा विकास बैंकले सर्वसाधारणले नै खदिर गर्न सक्नेगरी संस्थापक सेयर जारी गरेको छ । संस्थापकमा विक्री नभएपछि १ लाख ८ हजार १३०.३२ कित्ता शेयर निष्कासन गरेको हो । मंसिर १५ गते कम्पनीले संस्थापक शेयरधनी बाहेक सर्वसाधारण लगानीकर्ताले आवेदन पेश गर्न सक्ने गरि यी शेयर निष्कासन गरेको हो । १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । हाल गरिमा विकास बैंकको संस्थापक सेयरको मूल्य २ सय रुपैयाँ भन्दा बढी छ । तर सर्वसाधारणको सेयर मूल्य भने ४६५ रुपैयाँ भन्दा बढी छ ।

Advertisement:

Ad
Ad