एनसेलविरुद्ध सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट खारेज

२०८१ पुस ११ गते

एनसेलविरुद्ध सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट खारेज

काठमाडौं । एनसेलविरुद्ध सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट खारेज भएको छ । सिंहले एनसेलको खरिदबिक्री रोक्नुपर्ने माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले रिट निवेदन खारेज गर्दै केही निर्देशनात्मक आदेश दिएको हो । आदेशको विवरण सार्वजनिक भइसकेको छैन ।

Advertisement:

Ad
Ad

सर्लाही–४ का स्वतन्त्र सांसद अमेरेश कुमार सिंहले रेनोल्ड होल्डिङस्को शेयर खरिदबिक्री रोकिनुपर्ने माग राखेर रिट निवेदन दर्ता गरेका थिए ।