दुई सातादेखि अवरुद्ध राहदानी छापाइ कार्य पुन सुचारु

२०८१ मंसिर २० गते

दुई सातादेखि अवरुद्ध राहदानी छापाइ कार्य पुन सुचारु

काठमाडौ । राहदानी सेवा बिहीबारदेखि पुन शुरु भएको छ । राहदानी विभागले सूचना जारी गर्दै २२ वटा प्रशासन कार्यालय र नेपाली नियोगबाट राहदानी सेना सुरु भएको जानकारी दिएको छ । सेवा सुचारु भएसँगै राहदानी छपाइ गरेर सबै जिल्ला, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट विभागले राहदानी वितरण सम्बन्धी सेवा सुरु गरेको जनाएको छ । दुई सातासम्म सेवा अवरुद्ध भएको थियो । यसअघि आवेदन दिइसकेका (बायोमेटिक) सेवाग्राहीको राहदानी छपाइ गरी सम्बन्धीत र जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमा पठाउँने कार्य भइरहेको विभागले भनेको छ ।

Advertisement:

Ad
Ad