दीपावलीको पड्काले भारतको वायू प्रदुषण अति खराब

२०८१ कात्तिक १६ गते

दीपावलीको पड्काले भारतको वायू प्रदुषण अति खराब

काठमाडौ । दिपावलीको अवसरमा आतिशवाजी  गर्दा भारतको राजधानी नयाँदिल्ली र आसपासका क्षेत्रमा व्यापक रुपमा वायू प्रदूषण बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । । त्यस क्षेत्रको वायूको स्तर ‘अति खराब’को सूचीमा परेको छ । गत महिना पटाकाको बिक्री र प्रयोगमा प्रतिबन्ध लगाए पनि दिपावलीको बेला त्यहाका स्थानीयले पड्का पड्काएका छन् । यसले शुक्रबार वायु प्रदुषणको अवस्था थप खराब भएको थियो । स्थानीय समय अनुसार शुक्रबार बिहान ६ बजे आनन्द विहारमा एयर क्वालिटी इन्डेक्स (एक्युआई) ३९५ देखिएको छ ।

वायू प्रदुषणको असर बालबालिका, वृद्धवृद्धा, गर्भवती महिलाहरु र बिरामीहरुमा सबैभन्दा धेरै पर्ने गर्छ । विश्वका सबैभन्दा प्रदूषित १५ सहरमध्ये १२ सहर भारतकै छन् । दिल्लीमा हरेक वर्ष प्रदूषणको असर बढ्दै गएको छ । वायू प्रदुषणकै कारण गम्भीर स्वास्थ्य समस्या समेत देखिन थालेको छ । भारतको सर्वोच्च अदालतले गत महिना स्वच्छ हावा एक मौलिक मानव अधिकार भएको फैसला गर्दै केन्द्र सरकार र राज्य स्तरका अधिकारीहरुलाई पटाका बनाउने र किनबेच गर्ने जोकोहीलाई कारबाही गर्न आदेश दिएको थियो । उक्त आदेशको पालाना भएको छ। आदेश पालना नगर्नेलाई प्रहरीले कारबाही गर्न पनि सकेको छैन ।

Advertisement:

Ad
Ad