दिल्लीमा भागदौड मच्चिँदा १८ जनाको मृत्यु पछि भारतीय प्रधानमन्त्रीले गरे दुःख व्यक्त

२०८१ फागुन ०४ गते

दिल्लीमा भागदौड मच्चिँदा १८ जनाको मृत्यु पछि भारतीय प्रधानमन्त्रीले गरे दुःख व्यक्त

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीको रेलवे स्टेशनमा अत्यधिक भीडका बीच भागदौड मच्चिन पुगेको छ, जसका कारण १८ जनाको मृत्यु भएको छ। घटनामा अन्य १० जना घाइते भएका छन्।

लोक नायक अस्पतालका डेपुटी मेडिकल सुपरिटेन्डेन्ट डा। रितु सक्सेनाले हिजो साँझ पुष्टि गर्दै भनेका छन्, “हजारौं मानिसहरूको भिड लागेपछि भागदौड मच्चिँदा १८ जनाको मृत्यु भएको छ।”

Advertisement:

Ad
Ad

रोयटर्सका अनुसार, मृत्यु हुनेमा १० जना महिला र ३ बालबालिका रहेका छन्। घटनाको मुख्य कारण भारतको प्रयागराजमा जारी कुम्भ मेलामा जाने र आउने यात्रुहरूको अत्यधिक भीड रहेको थियो। अत्यधिक यात्रुहरूको कारण स्टेशनमा तनावको स्थिति सिर्जना भएको थियो, जसका कारण भागदौड मच्चिएको हो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक संजाल एक्स ९पूर्वमा ट्विटर० मा दिल्ली घटनामा दुःख व्यक्त गर्दै पीडित परिवारसँग समवेदना प्रकट गरेका छन्।