दक्षिण कोरियाको अर्थतन्त्रमा तरंग !

२०८१ मंसिर २३ गते

दक्षिण कोरियाको अर्थतन्त्रमा तरंग !

एजेन्सी । सन् २०२४का सुरुवाती दिनहरुमा दक्षिण कोरियाका राष्ट्रपति युन सियोक येओलले मुलुकको शेयर बजारलाई थप उचाईमा पुर्याउने बाचा लगानीकर्ताका सामु गरेका थिए । तर २०२४ लाई बिदाई गर्दै गर्दा अवस्था र समय फेरिएको छ । राष्ट्रपति यूनले हालै दक्षिण कोरियामा 'मार्शल ल' अर्थात जनताको अधिकार कटौतिको घोषणा गरेसँगै यहाँका स्टक मार्केट,कर्पोरेट घरानादेखि वित्तीय संस्थाहरुमा समेत तरंग पैदा भएको छ ।

दक्षिण कोरियाका बजार विश्लेषकहरूले अन्तर्राष्ट्रिय सञ्चार माध्यम अल जजिरालाई बताएअनुसार दक्षिण कोरियामा जारी गरिएको मार्शल कानूनले अर्थतन्त्र सिध्याउने खेलो हुन सक्ने बताएका छन् । राजनीतिक हस्तक्षेप र अधिनायकवाद हाबी हुँदा लगानीकर्ताहरुले असुरक्षित महसुश गर्न थालेका छन् । मार्शल ल घोषणा भएको भोलिपल्ट दक्षिण कोरियाको शेयर बजार १दशमलव ४४ प्रतिशतले घटेको थियो । त्यस्तै अघिल्लो दिन बुधवार अमेरिकी डलरको तुलनामा दक्षिण कोरियाको वोन दुई वर्ष यताकै न्यून बिन्दुमा झरेको थियो ।

Advertisement:

Ad
Ad

यदि राजनीतिक उथलपुथल लामो समयसम्म रह्यो भने यसले लगानीकर्ता, उपभोक्ता र खरिदकर्ताहरूको विश्वासलाई नकारात्मक असर पार्न सक्ने भन्दै मार्शल ल विरुद्ध उत्रने तयारीमा दक्षिण कोरियाका लगानीकर्ताहरु रहेका छन् । क्यापिटल इकोनोमिक्स एसियाका वरिष्ठ अर्थशास्त्री ग्यारेथ लेदरले अल जजीरालाई राष्ट्रपतिले कि त तत्काल राजीनामा दिन दबाव दिने र त्यसले पनि नभए उनलाई महाअभियोग लगाउन जुट्नु पर्ने बताएका छन् ।

सामसुङ र हुन्डाई जस्ता विश्वव्यापी चर्चित कर्पोरेट हाउसहरु भएको दक्षिण कोरियाको स्टकलाई अन्य प्रतिस्पर्धी विश्वका कर्पोरेट हाउसका स्टकका तुलनामा अवमूल्यन गरिँदै आएको छ ।