छिमेक लघुवित्तले शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने

२०८१ मंसिर २१ गते

छिमेक लघुवित्तले शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को लागि कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर समेत ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ९७ करोड ७१ लाख ७२ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरेपछि वितरण हुनेछ । गत वर्ष पनि कम्पनीले कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्ष कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

Advertisement:

Ad
Ad