बीमा प्राधिकरणको अध्यक्ष बने ओझा

२०८१ फागुन १२ गते

बीमा प्राधिकरणको अध्यक्ष बने ओझा

काठमाडौं । सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अध्यक्ष पदका लागि ओझा सहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषद्मा सिफारिस भएको थियो ।  प्राधिकरण अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ । उनी यसअघि पत्रकारिता पेशामा थिए ।

Advertisement:

Ad
Ad