२०८१ साउन ०८ गते
काठमाडौं । भारत सरकारले नेपाललाई दिने वार्षिक अनुदान बढाएको छ । भारतले आगामी आर्थिक वर्ष २०२४/०२५ मा नेपाललाई ७ सय करोड भारु अर्थात् ११ अर्ब २० करोड रुपियाँ अनुदान दिने भएको हो ।
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बिहीबार भारतीय संसद्मा पेस गरेको अन्तरिम बजेटमा गत वर्षको भन्दा १५० करोड भारु अनुदान बढाइएको उल्लेख छ । गत वर्ष भारतले नेपाललाई अनुदानस्वरूप ५५० करोड रुपियाँ छुट्याएको थियो ।
भारतले यसअघि आर्थिक वर्ष २०२२/०२३ मा ४३४ करोड, २०२३/०२४ मा ५५० करोड, (०२३/०२४ मा संशोधित ६५० करोड) भारु अनुदान दिएको थियो ।
आव २०२४/०२५ मा भारतले दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा बढी अनुदान भने भुटानलाई दिने भएको छ । सो आवमा भारतले ऋण र अनुदान गरी भुटानलार्य २०६८.५६ करोड भारु दिने घोषणा गरेको छ ।
प्रतिक्रिया