बालकुमारीमा प्रदर्शनकारीले जलाए मन्त्रीको गाडी,बालकुमारी क्षेत्र तनावग्रस्त

२०८० पुस १३ गते

बालकुमारीमा प्रदर्शनकारीले जलाए मन्त्रीको गाडी,बालकुमारी क्षेत्र तनावग्रस्त

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने गाडीमा आगो लगाइदिएका छन् ।

उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाइदिएका थिए ।प्रर्दशनका क्रममा युवाहरुले सडक अवरुद्ध गर्दै अन्य सवारीसाधनलाई रोकेका थिए।

Advertisement:

Ad
Ad

केही समययता इपिएसको विषयलाई लिएर संगठित समूह बनेका छन्। पटकपटक उनीहरुले इपिएसको कार्यालय अगाडि प्रर्दशन गर्ने गरेका छन्।प्रर्दशनको कारण बालकुमारी क्षेत्र वरपर सवारीसाधन संचालन अवरुद्ध भएको छ।प्रदर्शनकारीले सडक पनि अबरुद्ध पारेका छन् । अहिले बालकुमारी क्षेत्र तनावग्रस्त छ ।