बालकुमारी झडपका घाइते अर्का एक युवाको पनि मृत्यु, मृत्यु हुनेको संख्या दुई पुग्यो

२०८० पुस १३ गते

बालकुमारी झडपका घाइते अर्का एक युवाको पनि मृत्यु, मृत्यु हुनेको संख्या दुई पुग्यो

काठमाडौँ । बालकुमारी प्रदर्शनमा घाइते अर्का एक युवाको पनि मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र साहको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।बालकुमारी प्रदर्शनमा घाइते अर्का एक युवाको पनि मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली(ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र साहको मृत्यु भएको हो । उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।

Advertisement:

Ad
Ad

शु्क्रबार अपरान्ह मन्त्री ज्वाला सवार गाडीमा कोरियन भाषा परीक्षाको विषयलाई लिएर विरोध प्रदर्शनमा उत्रिएका युवाहरूले आगजनी गरेका थिए। आगजनीका कारण मन्त्री ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडी पूर्णरुपमा नष्ट भएको छ ।

प्रदर्शनकारीहरूले केहि सार्वजनिक सवारी साधनमा समेत तोडफोड गरेका छन् । गाडीमा आगजनी गर्ने केहि प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदर्शनका क्रममा केहिबेर प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो।