२०८१ कात्तिक ११ गते
काठमाडौ । आइतबार सेयर बजारमा ९.१९ प्रतिशतले गिरावट आएको छ । ०.३४ प्रतिशतले घटेको बजार २६१७.७५ विन्दुमा आडिएको छ । यस दिन ४ अर्ब ७३ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजार घट्दा पनि लाइफ इन्सुरेन्स कर्पोरेसन, रिभर फल्स पावर लिमिटेड र माइखोला हाइड्रो पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । लाइफ इन्सुरेन्स कर्पोरेसनको सेयर मूल्य १० प्रतिशतले बढेर १ हजार २१२ रुपैयाँ कायम भएको छ भने रिभर फल्सको ५५७.२० रुपैयाँ पुगेको छ । यस्तै माइखोला हाइड्रोपावरको सेयर मूलय प्रतिकित्ता ५४५.६० रुपैयाँ पुगेको छ । १३ मध्ये ५ वटा समूहको सूचक बढेका छन् । यस दिन ४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । बजार अहिले साइडवेजमा रहेको विश्लेषकहरु बताँछन् । तर बजारले साइडवेजको समय कति होला भन्ने एकिन गर्न सकिने अवस्था नरहेको उनीहरु बताउँछन् । आइतबा ३ सय २० कम्पनीको १ करोड ११ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३२ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको आइसीएफसी फाइनान्स कारोबार रकमका आधारमा अग्रस्थानमा छ ।
प्रतिक्रिया