बैंकहरुको औषत आधारदर ६.८१ प्रतिशतमा झर्यो, ब्याजदर अत्यधिक सस्तो हुदा पनि बैकिङ प्रणालीमा पैसाको चाङ

२०८१ माघ १४ गते

बैंकहरुको औषत आधारदर ६.८१ प्रतिशतमा झर्यो, ब्याजदर अत्यधिक सस्तो हुदा पनि बैकिङ प्रणालीमा पैसाको चाङ

काठमाडौ । बैंकहरुको औषत आधारदर नै ६.८१ प्रतिशतमा झरेको छ । कुनै बेला दोहोरो आधारदरका कारण अचाक्ली महंगो ब्याजदरमा ऋण लिन बाध्य ऋणीहरु यति धेरै तल आधारदर आइसक्दा पनि कर्जा लिन चासो देखाएका छैनन् । विशेषगरी एकल अंकको ब्याजदर चाहिने आवाज उठाएका ब्यापारी व्यवसायी यतिबेला मौन जस्तै देखिएका छन् ।

केही व्यवसायीहरु घटेको बेला ऋण लियो कतिबेला ब्याजदर बढाइदिन्छन पत्तो् नहुने भन्दै कर्जा लिन डराइरहेका छन् भने कतिपय कर्जा लिएर पनि के मा लगानी गर्ने भन्दै दोधारमा परेका छन् । पुसमा बैंकहरुको औसत आधारदर ७.०२ प्रतिशत थियो । यस आधारमा हेर्दा पनि बैंकहरुको आधारदर घट्दो क्रममा देखिएको छ ।

Advertisement:

Ad
Ad

अहिले सबैभन्दा कम आधारदर स्टान्डर्ड चार्टर्ड बैंकको ५.१९ प्रतिशत छ । कम आधारदर हुनु भनेको ऋणको ब्याजदर कम हुने आधार हो । यस आधारमा हेर्दा बाणिज्य बैंकहरुमा अहिले स्ट्याण्डर्ड चाटर्ड बैंकबाट सबैभन्दा सस्तोमा कर्जा पाइने देखिन्छ । त्यस्तै, अर्को बैंक राष्ट्रिय वाणिज्य बैंकको आधार दर ५.६४ प्रतिशत रहेको छ । सरकारी स्वामित्वको यो बैंकबाट कर्जा लिदा पनि सस्तो ब्याजदर पर्ने देखिन्छ ।

एभरेष्ट बैंकको आधार दर ५.६६ प्रतिशत छ । ७ बैंकको आधार दर ७ प्रतिशतभन्दा कम छ । सबैभन्दा धेरै आधार दर हुनेमा एनआइसी एसिया बैंक रहेको छ । यसको आधारलर ७. ७५ प्रतिशत छ । यसकारण एनआईशी एशियाबाट कर्जा लिदा महंगो ब्याज पर्नेछ । नेपाल बैंकको ६.२७ प्रतिशत, नबिल बैंकको ६.३१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.५८, कृषि विकास बैंक ६.७८ प्रतिशत रहेको छ भने सानिमा बैंकको ६.९० प्रतिशत, एनएमबी बैंकको ६.९२ प्रतिशत, ग्लोबल आइएमइ बैंकको ६.९५ प्रतिशत, हिमालयन बैंकको ७.०२ प्रतिशत, एसबिआई बैंक र माछापुछ्रे बैक्ंको ७.१४ प्रतिशत, प्रभु बैंकको ७.२६, कुमारी बैंकको ७.२८, सिटिजन्स बैंकको ७.३०, सिद्धार्थ बैंक ७.३१ र लक्ष्मी सनराइज बैंक ७.३४ प्रतिशत रहेको छ ।

बैंकर्सहरु पनि कर्जाको माग नबढ्नुमा उद्योगी व्यवसायीमा आत्मविश्वास कमी हुनुपनि रहेको बताउँछन् । पछिल्लो समयम निक्षेपको ब्याजदर पनि निरन्तर तल झरिरहेको छ । तैपनि निक्षेप निरुत्साहीत भएको छैन । बैंकहरुले दैनिक जसो बैंकिङ प्रणालीबाट अर्बौ रुपैयाँ तानिरहेका छन् ।