अमेरिकाले डिभि भर्ने समय दुई दिन थप्यो

२०८१ कात्तिक १९ गते

अमेरिकाले डिभि भर्ने समय दुई दिन थप्यो

काठमाडौ । अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) २०२६ को लागि आवेदन दिने समय २ दिन थप गरेको जानकारी दिएको छ । नेपाल स्थित अमेरिकाको राजदूतावासले आवेदन दिन मिल्ने समय नोभेम्बर ५ बाट २ दिन बढाएर नोभेम्बर ७ सम्म पुर्याएको जनाएको छ । छ । अमेरिकाले गत असोज १६ गते रातिबाट डीभी कार्यक्रमका लागि आवेदन खुला गरेको थियो । त्यतिबेला नोभेम्बर ५ सम्म आवेदन दिने समय रहेको बताइएको थियो । आज फेरी नेपाल स्थित अमेरिकी दुतावासले सामाजिक सञ्जाल फेसबुकमा एक स्टट्याटस लेख्दै समय बढाएको जानकारी दिएको हो ।

Advertisement:

Ad
Ad