आज पनि घट्यो सुनको भाउ

२०८१ मंसिर १३ गते

आज पनि घट्यो सुनको भाउ

काठमाडौ । आज (बिहीबार ) सुन तथा चाँदी दुबैको मूल्य घटेको छ । सुन प्रतितोला ३०० सय रुपैयाँले घटेर १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि, बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँ कायम रहेको थियो । यस्तै बिहीबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर १ हजार ८ सय रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ तोलाको १ हजार ८ सय ३० रुपैयाँ रहेको थियो ।

Advertisement:

Ad
Ad