आज हर्षोल्लास पूर्वक होली मनाइँदै

२०८१ फागुन २९ गते

आज हर्षोल्लास पूर्वक होली मनाइँदै

काठमाडौं । आज हर्षोल्लासपूवर्क होली मनाइदै छ । रंगहरुको पर्व होली बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने पर्वको रुपमा चिनिन्छ । आज विभिन्न रङ र लोला खेली होली मनाइन्छ । पहाडी जिल्लामा आज होली मनाइन्छ भने भोलि तराईका जिल्लामा होली खेलिन्छ ।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ ।होलि पर्व मनाउँनुका साथसाथै होलिका दहन पनि गरिन्छ, जसले राक्षस र असत्यको पराजयको प्रतीक हो । यो दहन अगाडि भएको होलिका र प्रह्लादको कथा आधारित छ ।

Advertisement:

Ad
Ad