पार्टीले निर्देशन दिए सभापति पद छाड्न तयार छु : रामहरी खतिवडा

२०८२ असार २० गते

पार्टीले निर्देशन दिए सभापति पद छाड्न तयार छु : रामहरी खतिवडा

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीले निर्देशन दिएमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद छाड्न तयार रहेको बताएका छन्।

 

Advertisement:

Ad
Ad

‘कुलिङ अफ पिरियड’ विवादपछि आलोचना खेपिरहेका खतिवडाले पार्टी बैठकमा गल्ती स्वीकार गर्दै भने, “पार्टीले बाहिर बस भने म तयार छु।”उनले संसदीय समिति बदनाम हुने गरी काम नगर्न आग्रह गर्दै, समितिको निर्णय मान्ने बताए। साथै, पार्टीभित्र शीर्ष नेताहरूलाई कमजोर बनाउने प्रवृतिप्रति उनले चिन्ता व्यक्त गरे।

 

उनले पार्टीभित्र शीर्ष नेताहरू—सभापति, उपसभापति, महामन्त्री र केन्द्रीय सदस्यहरूलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरे। उनले भने, 'हामी आरोप–प्रत्यारोपमै अल्झियौं भने जनता र कार्यकर्ताले के गर्ने ? खतिवडाले पार्टी नेतृत्व कमजोर हुँदै जाँदा बलियो को बन्ने भन्ने प्रश्न उठाए। उनले भने, 'चाहे बालकृष्ण खाँण हुन्, चाहे मोहनबहादुर बस्नेत, रमेश लेखक वा आरजु देउवा—पार्टीका गगन थापा जस्ता व्यक्ति कमजोर भए अरू को बलियो हुन्छ?'