यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्ल्यु’ संस्करण अब देशका २० शहरका शोरुममा पाइने

२०८३ असोज २५ गते

यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्ल्यु’ संस्करण अब देशका २० शहरका शोरुममा पाइने

काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले नयाँ ब्ल्यु यामाहा एक्सएसआर १५५ देशभरका २० क्षेत्रीय शहरका शोरुममा उपलब्ध गराएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो तथा यामाहा ब्लु फेस्टमा प्रदर्शनपछि कम्पनीले मोटरसाइकलको उपलब्धता विस्तार गरेको हो ।

 

Advertisement:

Ad

अब ग्राहकले आफ्नो नजिकैको आधिकारिक यामाहा शोरुममा पुगेर नयाँ ब्ल्यु एक्सएसआर १५५ प्रत्यक्ष अवलोकन गर्न, परीक्षण सवारी गर्न तथा बुकिङ गर्न सक्नेछन् ।

 

यामाहाको मूल मर्म ‘बिल्ट अन लेगेसी, ड्रिभन बाई पर्फर्मेन्स’लाई आत्मसात् गरेको एक्सएसआर १५५ मा मौलिक रेट्रो शैली र आधुनिक प्रदर्शनको संयोजन रहेको कम्पनीले जनाएको छ । मोटरसाइकलमा भिभिए प्रविधिसहितको १५५ सीसी क्षमताको लिक्विड-कुल्ड इन्जिन र ६-स्पिड गियर ट्रान्समिसन रहेको छ। यसले दैनिक आवागमन तथा राजमार्गमा यात्रा गर्दा भरपर्दो शक्ति र उच्च गतिमा स्थिरता प्रदान गर्ने कम्पनीको दाबी छ ।

 

यसअघि कालो, खैरो र रातो रङमा उपलब्ध एक्सएसआर १५५ मा ग्राहकको मागअनुसार निलो रङको विकल्प थप गरिएको हो। नयाँ ब्ल्यु संस्करणको मूल्य ५ लाख ३४ हजार ९०० रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार नयाँ संस्करणको मूल्य तुलनात्मक रूपमा किफायती रहेकाले ग्राहकलाई नियो-रेट्रो शैलीको मोटरसाइकल छनोट गर्न थप सहज हुनेछ ।

 

क्षेत्रीय बजारमा मोटरसाइकलको उपलब्धता विस्तार गर्ने क्रममा एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले एक्सएसआर १५५ प्रति ग्राहकको सकारात्मक प्रतिक्रिया रहेको बताए । ग्राहकले थप रङका विकल्प माग गरिरहेको उल्लेख गर्दै उनले ब्ल्यु संस्करणलाई क्षेत्रीय बजारमा पुर्‍याउनु कम्पनीका लागि महत्वपूर्ण कदम भएको बताए ।

 

क्षेत्रीय ग्राहक पनि एक्सएसआर प्रयोगकर्ताको बढ्दो समुदायको महत्वपूर्ण हिस्सा रहेको बताउँदै अग्रवालले उनीहरूलाई थप विकल्प र उत्कृष्ट अनुभव उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरे ।

 

कम्पनीका अनुसार क्षेत्रीय बजारमा उपलब्धता विस्तार गर्नुको उद्देश्य स्थानीय मोटरसाइकल प्रयोगकर्तासँगको सम्बन्ध थप प्रगाढ बनाउनु र देशभर एक्सएसआर प्रयोगकर्ताको समुदाय विस्तार गर्नु हो ।

 

नयाँ ब्ल्यु यामाहा एक्सएसआर १५५ का लागि परीक्षण सवारी तथा बुकिङ देशभरका क्षेत्रीय शहरमा रहेका आधिकारिक यामाहा शोरुममा खुला गरिएको कम्पनीले जनाएको छ ।