ठमेलबाट २० विदेशी महिला पक्राउ, अनैतिक गतिविधिमा संलग्न भएको आरोप

२०८२ चैत ११ गते

ठमेलबाट २० विदेशी महिला पक्राउ, अनैतिक गतिविधिमा संलग्न भएको आरोप

काठमाडौं। ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहारमा संलग्न रहेको आरोपमा २० जना विदेशी महिला पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौं का अनुसार ठमेल क्षेत्रमा केही व्यक्तिहरूले विदेशी तथा पर्यटकलाई सार्वजनिक स्थलमै अवैध रूपमा पैसाको बार्गेनिङ गर्दै यौन व्यवसाय सञ्चालन गरेको सूचनाका आधारमा निगरानी बढाइएको थियो। सोही क्रममा महानगरपालिका–२६ अन्तर्गत विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

 

Advertisement:

Ad
Ad

प्रहरीले उनीहरू बाटो हिँड्ने सर्वसाधारण, विदेशी तथा स्वदेशी पर्यटकलाई अनावश्यक रूपमा जिस्क्याउने, अश्लील प्रस्ताव राख्ने तथा हैरानी दिने गतिविधिमा संलग्न रहेको जनाएको छ। पक्राउ परेकाहरू युगाण्डा का नागरिक रहेको प्रहरीको भनाइ छ। उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।