क्रिकेट :  सामोआविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै

२०८२ असोज ३१ गते

क्रिकेट :  सामोआविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै

काठमाडौँ । आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सामोआसँग विरुद्धको अन्तिम खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

 

Advertisement:

Ad
Ad

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भर्खरै भएको टसमा सामोआले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । 


आजको खेल जितेमा नेपाल अपराजित रहँदै उक्त प्रतियोगिताको  च्याम्पियन बन्नेछ। छनोटका समूह चरण र सुपर सिक्समा नेपाल एक मात्र अपराजित टोली हो। यता सामोआले सुपर सिक्समा कुनै खेल जितेको छैन।

 

नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र  ललितनारायण राजवंशी छन् । रासस