अस्वाभाविक मूल्यवृद्धि भएपछि निर्माण क्षेत्रका लागि विशेष मूल्य समायोजन

२०८३ असोज १९ गते

अस्वाभाविक मूल्यवृद्धि भएपछि निर्माण क्षेत्रका लागि विशेष मूल्य समायोजन

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ, बिटुमिन, एचडीपीई पाइप, सिमेन्ट र डण्डीमा अस्वाभाविक मूल्यवृद्धि भएपछि निर्माण क्षेत्रका लागि विशेष मूल्य समायोजन गर्ने निर्णय गरेको छ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को उपदफा (१क) बमोजिम गरिएको निर्णयअनुसार २०८२ चैत १५ गतेपछि पनि कार्यसम्पादन अवधि कायम रहेका सार्वजनिक निर्माण ठेक्कामा वास्तविक तथा प्रमाणित खपतका आधारमा विशेष मूल्य समायोजन गरिनेछ।

Advertisement:

Ad

मूल्य समायोजनको व्यवस्था नभएका ठेक्का पनि तोकिएको मापदण्ड पूरा गरेमा समेटिनेछन्। यसअघि नै मूल्य समायोजनको सुविधा भएका ठेक्कामा भने प्रचलित व्यवस्थाअनुसार प्राप्त रकम घटाएर बाँकी योग्य रकम मात्र विशेष समायोजनका रूपमा उपलब्ध गराइनेछ।

सरकारले अन्तर्राष्ट्रिय युद्ध तथा आपूर्ति शृङ्खला अवरोधबाट सिर्जित असाधारण मूल्यवृद्धिको प्रभाव सम्बोधन गर्दै निर्माण आयोजना निरन्तर सञ्चालन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको जनाएको छ।