अग्रज समाचार बाचक माइकल चन्दको ७७ वर्षको उमेरमा निधन

२०८२ पुस २५ गते

अग्रज समाचार बाचक माइकल चन्दको ७७ वर्षको उमेरमा निधन

काठमाडौँ। अग्रज सञ्चारकर्मी माइकल चन्दको ७७ वर्षको उमेरमा आज निधन भएको छ । उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए।

उनले रेडियो नेपालमा अङ्ग्रेजी भाषाको समाचार सम्पादन, वाचक र कार्यक्रम सञ्चालकका रूपमा तीन दशक भन्दा बढी समय सेवा गरेका थिए । हरिशचन्दको नामले परिचित उनले रेडियो नेपालमा अङ्ग्रेजी भाषाको समाचार र कार्यक्रमको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् ।

Advertisement:

Ad
Ad

उनको श्रीमती प्रथम नेपाली नायिका भुवन थापा चन्द हुन् भने उनका तीन छोरीहरू छन्।स्वर्गीय चन्दको आइतबार अत्यष्ठि गरिने पारिवारिक स्रोतले जनाएको छ ।