राजसंस्था स्थापना होस्,प्रदेश संरचना खारेज होस् : ज्ञानेन्द्र शाही

२०८२ चैत १९ गते

राजसंस्था स्थापना होस्,प्रदेश संरचना खारेज होस् : ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले राजसंस्था पुनस्र्थापनाका लागि पहल गर्न आग्रह गरेका छन् । निर्वाचनपछि पहिलोपटक बिहीबार बसेको संसद बैठकमा बोल्दै शाहीले भने, राज्यलाई प्रत्येक वर्ष १ खर्बको भार पर्ने प्रदेश संरचना खारेज गरिनुपर्छ,यसका लागि राप्रपाले सरकारलाई बहुमत दिन परे तयार छ । त्यस्तै यो देश बनाउन पुर्खा र राजाको भूमिका छ । यो देश बन्न कुनै दलका नेता कार्यकर्ताको कुनै भूमिका छैन, हेक्का होस् । 

 

Advertisement:

Ad
Ad

त्यसैगरी सम्बोधनका क्रममा उनले अघिल्लो सरकारले बहुमतको दम्भ देखाउँदा अहिलेको परिस्थिति आएको बताए।उनले भने, ‘जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्। विगतका कमजोरीहरू नदोहोरियोस्। विधिको शासनमा अडिग शासन सञ्चालन होस्।’