२०८२ चैत २३ गते
काठमाडा्ैँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइसिएफसी फाइनान्सको ऋणपत्र सूचीकृत भएको छ । कम्पनीको ७ वर्ष अवधि तथा वार्षिक ८५ ब्याजदर भएको “८५ आइ.सि.एफ.सी ।फाइनान्स लिमिटेड डिबेञ्चर २०८९” प्रति इकाई अंकित मुल्य रु।१,०००।– दरको ५,००,००० कित्ता डिबेञ्चर सूचीकरणको लागि आज सम्झौता भएको हो ।
सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्ज लि।को तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाँई र आइ।सि।एफ।सि।फाइनान्स लि। को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार चैत्र २४ गते मंगलबार देखि दोस्रो बजारमा नियमित रुपमा कारोबार हुनेछ ।
डिबेञ्चरधनीहरुको अभिलेख राख्ने तथा डिबेञ्चरको नामसारी लगायत शेयर रजिष्ट्रेशन सम्बन्धी सेवा प्रदान गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लि।लाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया