२०८२ पुस २० गते
काठमाडौँ । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ(नेफ्स्कुन)का अध्यक्ष चन्द्र प्रसाद ढकाल एशियाली ऋण महासंघ अकूको कोषाध्यक्षमा निर्वाचित भएका छन् । फेब्रुअरी २ मा बैंककमा सम्पन्न सञ्चालक समितिको बैठकबाट ढकाल कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।अकू दक्षिण एशियाली देशका सहकारीहरुको छाता संगठन हो ।
यसअघि उक्त महासंघको अध्यक्ष रहेका किम युनसिक नेशनल क्रेडिट युनियन फेडरेशन अफ कोरियामा आफ्नो कार्यकाल पूरा भएपछि बिदा भएका थिए ।युनसिक अध्यक्ष पदबाट बिदा भएपछि पोलि। म्याज। जेन। दनुकृत कलम्पाकोर्न नयाँ अध्यक्ष बनेका छन् । नयाँ कार्यसमितिको कार्यकाल सन् २०२६ भरी रहने छ ।
महासंघको प्रथम उपाध्यक्षमा ली चुन फेन, द्वितीय उपाध्यक्षमा डा. वारा साबोन डोमिनिकस, सचिवमा अधिवक्ता सोलेदाद भी। काबान्गिस र कोषाध्यक्षमा चन्द्र ढकाल चयन भएका हुन् ।
प्रतिक्रिया