२०८२ चैत ०६ गते
काठमाडौँ । इरानले हर्मुज क्षेत्रबाट एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । परराष्ट्र मन्त्रालयले पक्राउ परेको नेपालीको विवरण सार्वजनिक गरेको छैन ।
‘हर्मुजबाट एक नेपालीको पक्राउ गरेर इरानले नियन्त्रणमा लिएको छ,’ परराष्ट्रको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले पत्रकार सम्मेलनमा भने ।
हर्मुज क्षेत्र इरानको नियन्त्रणमा छ । ती नेपालीको पक्राउ गर्नुको कारणबारे विस्तृत जानकारी दिइएको छैन ।
प्रतिक्रिया