हावाहुरीले लमही सबस्टेसनको विद्युत् कन्ट्रोल हाउसमा आगलागी

२०८२ चैत ०६ गते

हावाहुरीले लमही सबस्टेसनको विद्युत् कन्ट्रोल हाउसमा आगलागी

काठमाडौं । दाङस्थित १३२ केभी क्षमताको लमही सबस्टेसनको विद्युत् कन्ट्रोल हाउसमा आगलागी भएको छ।

 

Advertisement:

Ad
Ad

नेपाल विद्युत् प्राधिकरणअन्तर्गत प्रसारण ग्रिड कोहलपुर शाखा अन्तर्गत पर्ने उक्त कन्ट्रोल हाउसमा शुक्रबार हावाहुरीपछि विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण सबस्टेसनबाट भइरहेको विद्युत् आपूर्ति अवरुद्ध भएको छ।


आगो नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।