फेसबुकमा एलिनाको चेतावनी,'पैसा नदिनेहरुको फोटो सार्वजनिक गर्दिन्छु'

२०८२ पुस २४ गते

फेसबुकमा एलिनाको चेतावनी,'पैसा नदिनेहरुको फोटो सार्वजनिक गर्दिन्छु'

काठमाडौँ । गायिका एलिना चौहानले आफूलाई पैसा नतिर्नेहरुको नाम सार्वजनिक गर्ने चेतावनी दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै एलिनाले पटक पटक सम्झाएको समय दिएर पैसा माग्दा पनि नदिएपछि बाध्य भएर फोटो सहित नाम सार्वजनिक गर्न लागेको बताएकी हुन् ।

 

Advertisement:

Ad
Ad

उनले लेखेकी छिन्,सम्झाइयो समय दिइयो, अब अन्तिम मौका—१ हप्तापछि पैसा नदिने मानुभावहरू फोटो सहित आउँदै हुनुहुन्छ।एलिनाले यसअघि धेरै पटक सांगितिक कार्यक्रमका क्रममा गीत गाइसकेपनि तोकेको पैसा नदिएको मिडियामा आरोप लगाउँदै आएकी छिन् ।