ई-सेवाले ल्यायो वार्षिक ७२५ रुपैयाँबाट सुरु हुने को डिजिटल ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ योजना

२०८२ मंसिर २८ गते

ई-सेवाले ल्यायो वार्षिक ७२५ रुपैयाँबाट सुरु हुने को डिजिटल ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ योजना

काठमाडौं। डिजिटल भुक्तानी सेवाप्रदायक संस्था ई–सेवाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरी ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ योजना सार्वजनिक गरेको छ। यो योजना अप्रत्याशित जोखिम, मृत्यु वा अन्य अनपेक्षित घटनाबाट परिवारमा पर्न सक्ने आर्थिक भार कम गर्ने उद्देश्यले ल्याइएको हो।

 

Advertisement:

Ad
Ad

यो जीवन बीमा योजना पूर्ण रूपमा डिजिटल भएको र यसको खरिद प्रक्रिया सहज, छरितो तथा झन्झटमुक्त रहेको बताइएको छ। योजना अन्तर्गत प्रिमियम वार्षिक ७२५ रुपैयाँबाट सुरु हुनेछ भने बिमितले पाँच लाखदेखि २० लाख रुपैयाँसम्मको जीवन बिमा सुरक्षा पाउन सक्नेछन्।

 

एकवर्षे टर्म लाइफ इन्स्योरेन्स योजना १८ वर्षदेखि ६० वर्षसम्मका नागरिकले लिन सक्नेछन्।  बिमितको स्वाभाविक मृत्यु वा दुर्घटनामा मृत्यु दुवै अवस्थामा बीमा सुरक्षा प्रदान गरिनेछ।