एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु,महाधिवेशनको मिति र स्थान तोकिने

२०८२ असोज २९ गते

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु,महाधिवेशनको मिति र स्थान तोकिने

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक बिहान ११ बजे ललितपुरको जावलाखेलमा सुरु हुनेछ ।

 

Advertisement:

Ad
Ad

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको प्रतिवेदन, राजनीतिक प्रस्ताव तथा विविध विषयमा छलफल हुने कार्यसूची रहेको प्रमुख गौतमले जानकारी दिए। आसन्न राष्ट्रिय महाधिवेशनबारे पनि बैठकमा विस्तृत रूपमा छलफल हुने बताइएको छ ।

 

यसअघि आइतबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक असोज २९, ३० र ३१ गते बस्ने निर्णय गरेको थियो । सचिवालय बैठकले पार्टीको ११औँ महाधिवेशन मंसिरको अन्तिम सातातिर गर्ने निर्णय गरे पनि मिति र स्थान केन्द्रीय कमिटी बैठकले तय गर्ने जनाएको छ ।