२०८२ असोज २८ गते
काठमाडौं । जेनजी युवाहरुको आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज ३४ दिनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिने भएका छन्।देउवा आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुँदै छन्। उक्त बैठकमा पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यसहित सातै प्रदेशका सभापतिहरूलाई बोलाइएको छ।
यसअघि बुढानीलकण्ठस्थित निवासमा भएको आक्रमण र आगजनीपछि देउवा अस्पतालमा उपचारपछि आफन्तको घरमा बस्दै आएका थिए।
आज बिहान ११ बजे कार्यसम्पादन समिति बैठक बस्दैछ, जसमा केन्द्रीय समितिमा पेश गरिने साझा एजेन्डा तय गरिनेछ। तर मंसिरभित्र १५औं महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने विषयमा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्माको अडानका कारण सहमति जुट्न सकेको छैन।
प्रतिक्रिया